लेगानेसलाई हराउँदै एट्लेटिको जित

एजेन्सी । एट्लेटिको मड्रिडले स्पेनिस लिगमा जित हासिल गरेको छ । आईतबार राति भएको खेलमा एट्लेटिकोले लेगानेसलाई १-० गोल अन्तरले हराएको हो ।

वैकल्पिक खेलाडी भिटोलोले गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण तीन अक दिलाए । अल्भारो मोराटाले पहिलो हाफमा दुई सुन्दर गोलका अवसर गुमाएपछि पाहुना टोली दबाबमा देखिएको थियो ।

यसैसिजन कीर्तिमानी मुल्यमा एट्लेटिको आएका जोआओ फिलिक्सले गोलको अवसर सिर्जना गरेका थिए । खेलको ७१ औ मिनेटमा उनले गोलको अवसर सिर्जना गरेपछि एट्लेटिको १-० ले अघि बढेको थियो ।

जितपछि दोस्रो स्थानको एट्लेटिकोले २ खेलबाट ६ अंक जोडेको छ । दुवै खेलमा पराजित लेगानेस तालिकाको पुछारदेखि दोस्रोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?