ग्रिजम्यानको गोलमा बार्सिलोनाको जित

एजेन्सी । बार्सिलोनाले स्पेनिस लिगमा प्रभावशाली जित निकालेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे । मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले मैदान नउत्रिएको खेलमा बार्सिलोनालाई ग्रिजम्यानले निराश बनाएनन् । उनी गत जुलाईमा १ सय ७ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए ।

नाबिल फिकिरले १५ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सूरुवाती अग्रता दिलाएका थिए । तर ग्रिजम्यानले ४१ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बार्सिलोनालाई अग्रता दिलाए ।

कार्लोस पेरेजले ५६ औ मिनेटमा बार्सिलोनाको अग्रता ३-१ को बनाए । जोर्डी अल्बाले ६० औ मिनेटमा बार्साका लागि चौथो गोल गरे ।

अतुर्रो भिडालले ७७ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५-१ को अग्रता दिलाउन सफल भएको थिए । मोरोनले ७९ औ मिनेटमा एक गोल गर्दै पाहुना टोलीको हार अन्तर घटाउने काम गरे । स्पेनिस लिगमा बार्सिलोनाले पहिलो जित दर्ता गरेको छ ।

उसले २ खेलबाट ३ अंक जोड्दै तालिकाको नवौ स्थानमा उक्लिएको छ । रियल वेटिस अंक विहिन हुदै ताकिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?