गायक राई भन्छन् ‘नेपाली नोट र पासपोर्टमा बुद्धको तस्बिर राख्‍नु पर्छ’

appharu
0
Shares

काठमाण्डौं । गायक धीरज राईले नेपाली नोट र पासपोर्ट (राहदानी)मा बुद्धको अंकित तस्बिर राख्‍न सरकारसंग माग गर्नुभएको छ ।

आइतबार पाटनमा बुद्धको होर्डिङ बोर्ड राख्दै उहाँले बुद्धको जन्म नेपालमा भएको प्रचार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

विदेशीले करीब ५ सय भन्दा धेरै देशका पुस्तकहरुमा बुद्धको जन्मस्थल फरक फरक ठाउँमा भनेर गलत प्रचार गरिरहेकाले त्यो भ्रम चिर्न सरकारले उचित कदम उठाउने बेला आएको गायक राईको भनाई छ ।

उहाँले बुद्धको जन्मस्थलबारेको भ्रमलाई अबको १० वर्षभित्रमा विश्‍वबाटै मेटाउने जिकिर समेत गर्नुभयो ।

गायक राईले यसअघि पोखरा, लुम्बिनी, धरान लगायत काठमाडौंको उपत्यकामा विभिन्‍न कार्यक्रमको आयोजना गर्दै बुद्धको जन्मस्थलबारे भ्रम चिर्न र नेपाल जन्मभूमि प्रमाणित गर्नको लागि अभियान चलाईसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?