पूर्वराजा ज्ञानेन्द्रको धनगढीमा भव्य स्वागत

गगन अयडीकैलाली, १९ पुस–पूर्वराजा ज्ञानेन्द्र शाहको धनगढीमा भव्य स्वागत गरिएको छ बुधबार विहान ११ बजे नेपालगञ्जबाट धनगढी पुग्ने कार्यक्रम तय भएपनि करिव आधा घण्टा ढिलो पुगेका शाहको सयौ समर्थकहरुले भव्य स्वागत गरेका हुन समर्थकहरु धनगढीमा रहेको शिवपुरीधामबाट करिव एक किलोमिटरको दुरीमा लाईन लागेर स्वागतका लागि लागेका थिए पूर्व राजा पनि समर्थकहरुको स्वागत थाप्दै एक किलोमिटर हिँडेका थिए शिवपुरीधाम पुगे लगत्तै पूर्वराजा शाहले एक सय नौ फिट अग्लो शिवलिङको परिक्रमा गरेका थएिका भने मुख्य शिव मन्दिरमा १५ मिनेट पुजा गरेका थिए । सञ्चारकर्मीलाई सङक्षिप्त प्रतिक्रिया दिँदै शाहले सुदुरपश्चिमबासीसँग भेटन पाएकोमा खुसि व्यक्त गरे उनी देशको राजनीतिक परिस्थितिबारे भने केही बोलेनन् । शिवपुरीधाममा पुजा गरे लगत्तै पूर्वराजा शाहले धनगढीको जलसा होटलमा खाना खाएर नेपालगञ्ज फर्किएका छन् सपरिवार पूर्वराजा आउने कार्यक्रम तय भएपनि शाह एक्लै आएका थिए पूर्वराजा धनगढी आउने कार्यक्रय तय भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?