रेडियो नेपालमा रेकर्ड भयो ‘प्रेम गीत ३’ को शीर्ष गीत

appharu
0
Shares

काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ को शीर्ष गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको छ ।

चलचित्र टिमका अनुसार उक्त गीतलाई नेपालकै सबैभन्दा ठूलो रेकर्डिङ स्टुडियोमा लगभग ८० जना वाद्यबाधक, कलाकारहरुले एकसाथ रेकर्ड गराइएको हो ।

निर्माता सन्तोष सेनले रेकर्डिङका समयमा अभिनेता शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत स्टुडियोमा पुगेको जानकारी दिनुभयो ।

गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । राजेश कुमारको शब्द तथा एलिश कार्कीको संगीत संयोजन गीतमा रहेको छ ।

असोजदेखि छायांकन सुरु गर्ने चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, क्रिष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?