चलचित्र ‘मारुनी’को अर्काे गीत सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । भदौ १३ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘मारुनी’मा समावेश गीत सार्वजनिक भएको छ ।

‘जाम्न माया जाम, सक्दिनँ बाँच्न’ बोलको गीतपछि लोकलयमा आधारित ‘हाने मैले झटारो’ बोलको गीत रिलिज गरिएको हो ।

चलचित्रको ट्रेलरले पनि दर्शकको मन जितिसकेको छ । अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङ देखिएका छन् । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?