चितवनमा झडपः डीएसपीसहित एक दर्जन रवि लामिछानेका समर्थक घाइते

appharu
0
Shares

चितवन – चितवनमा प्रहरी र टेलिभिजनकर्मी रवि लामिछानेका समर्थकबीच झडप भएको छ । झडपका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एकनारायाण कोइरालासहित एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

लामिछानेका रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गरेपछि तनाव सुरु भएको थियो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ । उनीहरुमध्ये अस्मिताको आइतबार बयान भएको छ भने रवि र कँडेलको सोमबार बयान हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?