रविका समर्थकहरुमाथि चितवनमा लाठीचार्ज र अश्रुग्यास प्रहार

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा चितवन जिल्ला प्रहरी कार्यालयअगाडि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । आइतबार साँझ लामिछानेको समर्थनमा जम्मा भएको भिडलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

रविसहित तीनजना अभियुक्तहरुबिरुद्ध सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेको थियो । यद्यपि आइतबार अस्मिता कार्कीको मात्र बयान सकिएको छ भने रवि लामिछाने र युवराज कँडेलको बयान सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?