सांसदको ‘पर्स’ चोरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सांसदको पर्स चोेरेको आरोपमा एक जना पक्राउ गरेका छन् । गत साउन २६ गते प्रदेश नम्बर ३ की प्रदेश सांसद भावना सुवेदीको पर्स चोरेको आरोपमा मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले उनलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो । थिङलाई गौशालामा लुकिछिपी बसिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवन खैरेनी नगरपालिका–१९ की सांसद सुवेदी काम विशेषको क्रममा न्युरोड पुग्दा उनको पर्स चोरी भएको थियो । परिचय पत्र, एटिएम कार्ड तथा नगर ७ हजार ३ सय समेत चोरी भएको भन्दै उहाँले महानगरीय प्रहरी वृत्त जनसेवामा निवेदन दिनुभएको थियो ।

याे पनि पढ्नुहाेस्ः

यस्ता छन् पाकेटमारका कोडभाषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?