रवि लामिछाने र युवराज कँडेलको बयान भोली मात्र, अस्मिताको बयान सकियो

काठमाडौं । पत्रकार शालिक राम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान सकिएको छ । सञ्चारकर्मी रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने भोली सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन रवि सहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आज बयान लिन सुरु गरेको थियो ।

पुडासैनी ‘आत्महत्या’ प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आज सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?