रवि लामिछानेको निर्शत रिहाइको माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेको रिहाइको माग राख्दै काठमाडौँको माइतीघरमा आज आइतबार पनि उहाँका समर्थकहरुले प्रदर्शन गरेका छन् । रविको निर्शत रिहाइको माग गर्दै उनिहरुले नेपालको राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए ।

यसअघि, काठमाडौँको नयाँ बानेश्वरमा भेला भएका समर्थहरु रविको समर्थनमा नाराबाजी गरेका थिए ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रक्ररणमा आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रविसहित तीन जनाविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा र्पुयाएपछि थुन छेक बहस चलिरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?