पुडासैनी प्रकरण: अस्मिता कार्कीको बयान सकियो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी अस्मिता कार्कीको लिखित बयान सकिएको छ । अदातलका मुख्य न्यायाधीस हेमन्त रावलको इजलासमा भखैरै अस्मिता कार्कीको लिखित बयान सकिएको हो । अब रवि लामिछाने र युवराज कँडेलको बयान लिइने बताइएको छ।

सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोग पत्र चितवन जिल्ला अदातलमा दर्ता गराएपछि आरोपीको बयान लिन सुरु गरिएको थियो ।

एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिने देखिएसँगै आज बहस हुने सम्भावना कम रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?