५ सय वर्ष पुरानो विहार भत्काएर व्यापारिक कम्पलेक्स बनाउन लागेको भन्दै गुठी संस्थान घेराउ

काठमाडौं । पाँच सय वर्ष पुरानो इतिहास बोकेको अशोक वृक्ष विहार भत्काएर व्यापारिक कम्पलेक्स बनाउन लागेको भन्दै आज गुठी संस्थान घेराउ गरिएको छ । असनवासीसहित सम्पदा अभियन्ताहरुका साथमा असनबाट सुरु भएको र्‍याली इन्द्रचोक, जुद्धशालिक, धरहरा, त्रिपुरेश्वर हुँदै गुठी संस्थानको केन्द्रीय कार्यालयमा पुगेको थियो । अभियन्ताहरुले गुठी संस्थान घेराउ गर्दै गुठीले सम्पदा संरक्षण गर्न नसकेको र सम्पदालाई व्यापारका लागि भाडामा दिएको भन्दै संस्थान खारेज हुनुपर्ने नारा लगाएका थिए ।

यस्तै, क्वथुननी बचाउ अभियानको आयोजनामा क्वथुननी बचाउन भनी गरिएको हस्ताक्षरसमेत गुठी संस्थानलाई बुझाइएको छ । अभियानका संयोजक नमस्ते सायमिले संस्थानका प्रशासक नारायण चौधरीलाई संकलित १५ हजार हस्ताक्षर बुझाएका थिए ।

गुठी संस्थानअन्तर्गत ’श्री ५ को वायु देवता गुठी’को नाममा रहेको उक्त जग्गामा ११ परिवारले पसल संचालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?