रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि आइतबार मुद्दा दायर गरिएको हो । सरकारी वकिल कार्यालय, चितवनले रवि लामिछाने आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनलेअनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएको थियो।

गिरिका अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा अभियुक्तहरुको बयान सुरु भएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने उहाले जानकारी दिनुभयो ।

अभियोग पत्रमा प्रहरी हिरासतमा रहेका रवि लगायत कसलाई के अभियोग लगाइएको छ भन्ने खुलाइएको छैन । रविसहित तीनैजनालाई प्रहरीले जिल्ला अदालत पुर्‍याइसकेको छ।

मुद्दा दायर भएपछि अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुनेछ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन अघि पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।

प्रहरीले आइतबार नै अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?