शेयर बजार: नेप्से पुन ओरालो यात्रामा

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३ दशमलव ४५ विन्दुले घटेर एक हजार २०९ दशमलव ६२ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव २७ विन्दुले घटेर २६३ दशमलव ४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ ।

कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार नेप्से आज अपरान्ह २ बजेसम्म घटेर एक हजार २०१ विन्दुमा झरेपनि त्यसपछि भने पुनः बढेर एक हजार २०९ दशमलव ६२ विन्दुमा पुग्यो ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लाग्यो भने दश उपसमूहको शेयर घटेको छ । होटल ३ दशमलव ०४ र उत्पादन ११ दशमलव ३ विन्दुले बढ्दा बैंकिङ १ दशमलव ६६, व्यापार २ दशमलव ०३, विकास बैंक २ दशमलव २१, जलविद्युत् १५ दशमलव १४, वित्त ० दशमलव ६, निर्जीवन बीमा ३१ दशमलव ३२, अन्य ० दशमलव ०७, लघुवित्त ४ दशमलव २, जीवन बीमा ५१ दशमलव ०७ र सामूहिक लगानी कोष ० दशमलव ०२ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको तीन करोड २१ लाख ३० हजार ८०० मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै नेपाल बैंक लिमिटेड दुई करोड ४१ लाख ५३ हजार ४३३, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड ९५ लाख ७८ हजार २४३, नेपाल इन्भेस्टमेन्ट बैंक एक करोड ५२ लाख ८९ हजार ५३२, एनआइसी एशिया एक करोड ४६ लाख ३७ हजार ५३९ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर एक करोड १० लाख ५८ हजार २०३ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज बढी कमाउनेमा सिर्जना फाइनान्स वित्तीय संस्था रहेको छ । सो कम्पनीका शेयरधनीले ४ दशमलव २१ प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशमलव ३४, सिन्धु विकास बैंक ३ दशमलव १३, स्वरोजगार लघुवित्त विकास बैंक ३ दशमलव ०१, गुराँस लघुवित्त वित्तीय संसथा २ दशमलव ९२ र बोटलर्स नेपाल तराई लिमिटेडका शेयरधनीले २ प्रतिशतले कमाए ।

यस्तै धेरै गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका शेयरधनीले ७ दशमलव २० प्रतिशतले गुमाए । त्यस्तै युनिभर्सल पावर कम्पनी ४ दशमलव ८१, आइएमई जनरल इन्स्योरेन्स ३ दशमलव ५६, नेशनल हाइड्रोपावर कम्पनी ३ दशमलव ३८, खानीखोला हाइड्रोपावर ३ दशमलव ३८, दिव्यश्वरी हाइड्रोपावर ३ दशमलव ३३ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?