अस्मिता कार्कीका दाईले न्युज २४ विरुद्द मुद्धा हाल्दै

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएकी मुख्य पात्र रुकु भनिने अस्मिता कार्कीको दाजुले न्युज २४ विरुद्द मुद्दा हाल्ने बताउनुभएको छ ।


न्युज २४ ले आफ्नो बहिनीको चरित्र हत्या हुने गरि गोप्य मेसेज सार्वजनिक गरेको भन्दै अस्मिताको दाजु जगत कार्कीले मुद्दा दिने तयारी गर्नुभएको हो । न्युज २४ का केहि व्यक्तिहरुले बारम्बार फोन गरेर टर्चर दिएको पनि कार्कीले बताउनुभयो । उहाँले अधिवक्ता मनिष श्रेष्ठको सहयोगमा मुद्दा दर्ता गर्न लागिएको जनाउनुभयो ।


कार्कीले गोप्य च्याटहरु लिक भएकोप्रति आपत्ति समेत जनाउनुभएको छ । उहाँले मुद्दा कहिले हाल्ने भन्नेबारे भने जानकारी दिनुभएको छ । कार्कीले एक संचारमाध्यमलाई यस्तो बताउनुभएको हो ।
यस अघि अस्मिताले शालिकराम पुडासैनीसंग गरेको गोप्य च्याट सामाजिक संजालमार्फत बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?