राजधानी काठमाडौंसहित देशभर वर्षा, कहिलेसम्म पर्छ पानी ?

काठमाडौं । राजधानी काठमाडौंसहित देशभर वर्षा भएको छ । केहि दिन अघिदेखि नै मौसमविद्हरुले पानी पर्ने संभावना औल्याएका थिए ।

चट्यासहितको वर्षा हुने बताइए पनि भारी वर्षा मात्रै भएको छ । मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तर तर्फ रहेको छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली रहेको छ ।

तलको नक्शामा मनसुनको न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।

हाल देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भईरहेको छ भने पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदलीको अबस्था छ ।

नेपालमा हालसम्म पनि नियमित र कृषिका लागि आवश्यक वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?