दुई महीनापछि प्रदेशसभा बैठक बस्दै

काठमाडौं । प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महीनापछि आज पुनःबस्दै छ ।

गत असार १२ मा आर्थिक वर्ष २००७/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक आज दिउँसो बस्न लागेको हो ।

भदौ ८ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेश नं-३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । आजको बैठकले यसअघि विभिन्न समितिले अन्तिम टुङ्गो लगाएका केही विधेयक पारित गर्ने जनाइएको छ ।

प्रदेशसभा कार्यव्यवस्था समितिकोे बैठकले आजको बैठकमा विभिन्न पाँच विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?