पुडासैनी प्रकरण: अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा, थुनछेक बहस हुँदै

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित पत्रकार यूवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।

अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?