१० जेष्ठ २०७९, मंगलवार

चार करोड पर्यटक प्रवेश शुल्क संकलन

२०७४,पुष,१९,बुधबार ११:०२

0
Shares

सोलुखुम्बु, १९ पुस । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन शुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार ३५८ पर्यटकबाट प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए अक्टोबरमा पुरुष आठ हजार ५५१ र महिला पाँच हजार ५७७ गरी १४ हजार १२८ पर्यटक आएका थिए । नोभेम्बरमा पुरुष चार हजार ५६ र महिला दुई हजार ६२० गरी छ हजार ६७६ तथा डिसेम्बरमा एक हजार ५५४ जना पर्यटक भित्रिएका हुन् नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)ले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक रु दुई हजार शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाए पनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका खासै काम गर्न नसकेको भन्दै गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो सोही निर्णयअनुसार गाउँपालिकाले टिम्स कार्ड निषेध गर्दै प्रवेश शुल्क लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । गाउँपालिकाले लिएको शुल्कले पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वधार निर्माणलगायत काम गर्ने शेर्पाको भनाइ छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, थामसेर्कु, कोङ्दे, आमादब्लमलगायत हिमशृङ्खला खुम्बु गाउँपालिका भित्र पर्छ ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ११:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन

काठमाडौं । कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु

काठमाडौं । पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।

मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३