छुरा प्रहार गरी पत्रकारको हत्या


प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार १२:०९

एजेन्सी । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।

मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ ।
प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए । उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए ।

सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ ।

मेक्सिकोमा अधिकांश हत्याका घटनाको ठोस अनुसन्धान र दोषीमाथि कारबाही विरलै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा

काठमाडौं | संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ

यो फोटोले क्यानडाका प्रधानमन्त्रीलाई आपत, आखिर के छ फोटोमा ?

ओटावा- क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन्। लिवरल पार्टीका नेतासमेत

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

काठमाडाैं । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन

ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका