प्रधानमन्त्रीलाई भेट्न सिंगापुर जान लागेका एनआरएनएका अध्यक्ष जहाजबाटै किन निकालिए ?

काठमाडौं । एनआरएनएका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरेर जहाज चढेको भन्दै क्रु मेम्बरले हवाई जहाजमा यात्रा गर्नबाट रोकेका छन् ।

उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि अध्यक्ष भट्ट काठमाडौँबाट सिंगापुर जान लाग्नुभएको थियो । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उहाँसँगै रहनुभएको सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् ।

मदिरा पिएको थाहा पाएपछि जहाजका क्याप्टेन नै आएर ‘हामी तपाईलाई यहाँ राखेर उडान गर्न सक्दैनौँ’ भनी बाहिर निकालेको न्यौपानेले बताउनुभयो । उहाँहरुले सिल्क एयरकाे जहाजबाट सिंगापुर जान लाग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?