जनवादी गायक श्रेष्ठ सम्मानित

appharu
0
Shares

काठमाडौं । अग्रज जनगायक रामेश श्रेष्ठलाई ‘खेमराज स्रष्टा सम्मान–२०७६’बाट सम्मानित गरिएको छ ।

राजधानीमा एक समारोहबीच रामेशलाई दिवंगत गायक खेमराज गुरुङको नाममा स्थापित पुरस्कारबाट पम्मान गरिएको हो ।

गाउँगाउँबाट उठ बस्ती–बस्तीबाट उठ‘, एक जुगमा एकदिन एकचोटि आउँछ‘जस्ता थुप्रै जनप्रिय गीतका गायक रामेशले यस्ता गीतबाट मुलुकमा परिवर्तनमा टेवा पुगेको छ ।

सोही कारण खेमराज गुरुङ ट्रस्टले दिवंगत गायक गुरुङको तेस्रो स्मृति दिवसको अवसर परेर जनगायक रामेशलाई सम्मान गरेको हो ।

यसरी संगीतबाट मुलुकमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्मान प्रदान गरिएको हो ।

विगत पाँच दशकभन्दा लामो समयदेखि जनपक्षीय गीत÷संगीतमार्फत पु¥याएको योगदानको उच्च कदर रामेशलाई स्रष्टा सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ ।

त्यस्तै, ट्रस्टले खेमराज प्रतिभा पुरस्कारबाट सुसन लामालाई पुरस्कृत गरेको छ । काभ्रेको चौरी देउराली गाउँपालिकाका लामाले २०७४ सालमा प्रतिभाको बडलीमार्फत गायन यात्रा थालेका हुन् ।

उनीहरूलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न स्मृति सभामा प्रतिष्ठानमा सदस्य–सचिव श्याम तमोट, सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङलगायतले पुरस्कार एवं सम्मान प्रदान गरेका हुन् ।

गायक राजेश पायल राईले ट्रस्टकोतर्फबाट कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाली संगीत क्षेत्रमा खेमराज गुरुङको उल्लेख्य योगदान रहेको स्मरण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?