मदिराको नसामा भवन भट्टले प्लेनमा बबाल गरेपछि

appharu
0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको एक हर्कतले एनआरएनकै बेइज्जत हुन पुगेको छ । मदिराले अनियन्त्रित भएर ‘क्रु मेम्बर’ लाई अभद्र व्यवहार गरेपछि भट्टलाई उड्न लागेको जहाज रोकेर बाहिर निकालिएको खुलासा भएको छ ।

सिल्क एयरको नियमित उडानबाट शनिबार सिंगापुर जान लागेका अध्यक्ष भट्ट सहितको टोलीले उडानदलका सदस्यहरुलाई अभ्रद व्यवहार गरेपछि प्रहरीको सहयोगमा जहाजबाट निकालेर फिर्ता पठाइएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षास्रोतका अनुसार एमआइ ४१३ नम्बरको कल साइन भएको सिल्क एयरको विमान काठमाडौबाट सिंगापुर उड्नलाई अन्तिम तयारी भइसकेको थियो ।

तर, विमान उड्ने बेला मदिरबाट अनियन्त्रित भएका एनआरएन अध्यक्ष भट्ट र भट्टसँगै यात्रामा रहेका अर्का व्यक्ति सनत न्यौपानेले उडानदलका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोप छ ।

यसपछि चालक दलका सदस्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षालाई जानकारी दिएर जहाजबाट निकाल्न सहयोग मागे । उड्न लागेको विमानमा पुन भर्‍याङ लगाएर उनीहरुलाई ‘अफ लोड’ गरिएको बताइएको छ ।

यता घटना भएको केही घण्टामै फेसबुकमार्फत लाइभ आएका न्यौपानेले आफूमाथि सिल्क एयरले अभद्र व्यवहार गरेको दाबी गरेका छन् । उनले सिल्क एयरको चर्को आलोचना पनि गरेका छन् ।
न्यौपानेका अनुसार आवश्यक सम्पुर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भट्टलाई क्याप्टेनले अचानक आएर भट्टलाई लिएर विमान उडान गर्न नसक्ने वताएका थिए । उनले आफूहरुले मदिरा नपिएको पनि दाबी गरे ।
गएराती प्रधानमन्त्री केपी ओलीलाई भेट्न भन्दै सिंगापुर हिँडेका उनीशरुलाई मदिराको सुरुमा बबाल गर्न थालेपछि बाहिर निकालिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?