के साँच्चै प्रम बन्दैछन् प्रचण्ड ?

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न अफर गरेको भनिएको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बामगठबन्धन बाहिर गएर सरकार कुनै पनि हालतमा नबन्ने दाबी गरेको छन् बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा संचारकर्मीहरुसँग कुरागर्दैै उनले नयाँ सरकार बाम गठबन्धनकै सरकार बन्ने बताए उनले पार्टी एकता गर्दा कार्यकारी पद बाँडफाँड गरेर जाने विषयमा सहमति भइसकेको दावी गर्दै त्यसलाई औपचारिकता दिन केहि दिन लाग्ने पनि बताए । उनले गठबन्धनभित्र समस्या रहेको हल्लाको कुनै सत्यता नरहेको समेत दाबी गरे राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया समेत अघि बढिसकेकाले नयाँ सरकार गठन प्रक्रियामा कुनै पनि अवरोध नरहेको तर्क गर्दै पद छाड्न देउवाले ढिलाई गरिरहेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?