१५ असार २०७९, बुधबार

जग्गा खरिद प्रकरण: पूर्वमन्त्री देखि वडा सचिवसम्मको मिलेमतो

२०७४,भाद्र,२७,मंगलवार ०१:३५

9
Shares

काठमाडौं, २७ भदौ- व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिद्वारा गठित उपसमितिले आयल निगमले बोलपत्रका माध्यमबाट गरेको जग्गा खरिदमा विभिन्न प्रक्रियागत कमीकमजोरी र त्रुटि रहेको औंल्याएको छ।समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा बोलपत्रको प्रकाशनदेखि मूल्यांकनसम्म सार्वजनिक खरिद ऐनको प्रावधान बमोजिम नै आर्थिक रूपले न्यूनतम कबोल गर्ने र सारभूत रूपमा प्रभावग्राही भएको प्रस्तावदातासँग जग्गा खरिद गरिएको देखिए पनि निगमले बोलपत्रका माध्यमबाट खरिद गरेको चारवटै स्थानको जग्गामा सरकारी मूल्यांकन र चलनचल्तीको दरभन्दा बढी रकम तिरेको उल्लेख छ।

समितिले स्थलगत अध्ययन गरी सभापति भीष्मराज आङदम्बेलाई सोमबार प्रतिवेदन बुझाएको हो। उपसमितिका संयोजक सुभाषचन्द्र ठकुरीले समिति समक्ष पेस गरेको प्रतिवेदनमा जग्गा खरिद प्रकरणमा तल्कालीन आपूर्ति मन्त्री, नेपाल आयल निगम सञ्चालक समिति, निगमसम्बद्ध पदाधिकारी, टेन्डरदाता, गाविस सचिव, वडा कार्यालय सचिव, मालपोत कार्यालय लगायतका लागि कारबाहीको सिफारिस भने नगरेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०१:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य

काठमाडाैं । चिकित्सक कुट्ने प्रहरीलाई  कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेकाे छ । साथै संघले एक विज्ञप्ति जारी गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार

हेटौंडा । मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा

ताजा समाचार

आयरल्यान्डमाथि भारतको ‘क्लिन स्वीप’
 २०७९,असार,१५,बुधबार ११:१२
विम्बल्डन : नाडालको विजयी सुरुवात
 २०७९,असार,१५,बुधबार ११:०८