संविधान जारी हुनुअघि कयौं अदृश्य दवाव आएः पूर्वराष्ट्रपति

appharu
0
Shares

पुर्व राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट संविधान जारी हुनु गौरवको विषय भएको भन्दै नेतृत्वमा रहेका दलहरुलाई कार्यान्वयनमा प्रतिवद्ध हुन आग्रह गर्नुभएको छ ।

संविधानसभाका सभासद् प्रेम बहादुर सिंहको ‘संविधान निर्माण घटना र अनुभूति’ पुस्तकको सनिबार राजधानी काठमाण्डौमा विमोचन गर्दे उहाँले गौरवपुर्ण उपलब्धि रक्षाका लागि सबैले योगदान पुर्याउनुपर्ने धारणा राख्नुभएको हो । उहाँले संविधान २०६२ ÷६३ को जनआन्दोलनको उपलब्धि मात्रै नभई ७ दशक देखिको जनताको लगानीको प्रतिफल भएको बताउनुभयो । विभिन्न जात, जाति धर्म र संस्कृति सहितको विविधता युक्त समाज भएका कारण संविधानले सबैको चाहाना र माग पुरा गर्न नसक्नु स्वभाविक भएको तर्क गर्नुभयो ।

पुर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने समयमा कयौ अदृश्य दबाब पनि झेल्नुपरेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा तात्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानमा देखिएको असन्तुष्ठी सम्बोधन गर्नका लागि सरकारले प्रयास गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “विश्वमा असन्तुष्ठी नभएको कुन संविधान छ ? हामी असन्तुष्ठीलाई सम्बोधन गर्नका लागि प्रयास गरिरहेका छौ । यस तर्फ हामी प्रयासरत रहनुपर्छ । ”
उहाँले संविधानमा असन्तुष्ठी जनाएका र वहिष्कार गरेका दलहरु पनि संविधान कार्यान्वयनको प्रक्रियामा समेटिनुलाई संविधान कार्यान्वयको सफलता भएको टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?