कश्मीर जान लागेका राहुल गान्धीलाई किन विमान स्थलबाटै फर्काइयो ?

appharu
0
Shares
तस्वीरः गुगल

काठमाडौं । विपक्षी नेताहरुको प्रतिनिधिमण्डल लिएर भारत प्रशाशित कश्मीर जान लाग्नुभएका कांग्रेस नेता राहुल गान्धी श्रीनगर विमानस्थलबाट फिर्ता पठाइएको छ । सुरक्षाको कारण देखाउँदै गान्धीसहित १२ जनालाई श्रीनगरबाट दिल्ली फिर्ता पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि, हिजो शुक्रबार मात्र जम्मु–कश्मीरको सूचना विभागले राजनीतिक दलका नेताहरुले तत्कालको परिस्थितिमा कश्मीरको भ्रमण गर्न नहुने जनाएको थियो ।

प्रतिनिधिमण्डलमा कांग्रेस नेता गुलाम नबी आजाद, आनन्द शर्मा, सीपीएमका महासचिव सीताराम येचुरी, डीएमकेका नेता तिरुची शिवा, शरद यादव, टीएमसीका नेता दिनेश त्रिवेदी, सीपीआईका महासचिव डी. राजा लगायतका थिए ।

भारतीय नरेन्द्र मादी सरकारले गत अगष्ट ५ मा जम्मु–कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गरेको थियो । त्यसपछि लगातार पाकिस्तानले विरोध गर्दै आएको छ । त्यहाँ टेलिफोन, मोबाइल, इन्टरनेट लगायत सबै सञ्चार सुविधा बन्द छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?