प्रधानमन्त्री कार्यालयले भन्यो, ‘प्रदेशको अस्थायी राजधानी तोकिएको छैन’

काठमाडौं, १९ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारले प्रदेशको अस्थायी तोकेको भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव तथा प्रवक्ता हरिप्रसाद पन्थीले एक विज्ञप्ति जारी गर्दै हालसम्म प्रदेशको कार्य सञ्चालन गर्ने स्थान नतोकिएको स्पष्ट पारेका छन् पन्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा जानकारी गराउँदै यस सम्बन्धमा भ्रममा नपर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’यसअघि मंगलबार र बुधबार विभिन्न सञ्चारमाध्यममा सातवटै प्रदेशका अस्थायी राजधानी तोकिएको समाचार प्रकाशित तथा प्रसारित भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?