अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चीनियाँ सामानमाथि थप कर बढाउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा नयाँ करको घोषणा गर्नुभएको छ । आज एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आगामी अक्टुबर १ बाट लागुहुनेगरी चीनियाँ सामानमाथि कर बढाउने घोषणा गर्नुभएको हो । उहाँले २ सय ५० बिलियन डलर बराबरका चीनियाँ सामानमाथि थप ५ प्रतिशले कर बढाउने जनाउनुभएको छ । अमेरिकाले हाल २ सय ५० बिलियन डलर बराबरका चीनियाँ सामानमा २५ प्रतिशत कर लगाउँदै आएको छ । अब नयाँ कर लागु भएपछि ३० प्रतिशत पुग्नेछ ।

चीनले ७५ बिलियन डलर बराबरका अमेरिकी सामानमा कर लगाउने तयारी गरेपछि त्यसको प्रतित्रिया स्वरुप अमेरिकारले पनि चीनियाँ सामानमाथि थप कर लगाउने निर्णय गरेको राष्ट्रपति ट्रम्पको भनाई छ । यस्तै, उहाँले चीनको कर लगाउने तयारी राजनीतिबाट प्रेरित भएको आरोप समेत लगाउनुभएको छ ।

चीनले आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ गरी दुई चरणमा अमेरिकी सामानमाथि कर लगाउने तयारी गरेको छ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?