लोकतन्त्रको रक्षा गर्न कम्युनिष्टलाई सिध्याउनैपर्नेः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताउनुभएको छ । आज सुर्खेतमा सञ्चारकर्मीसँग कुुरा गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेकाले कम्युनिष्टको विकल्प खोज्नुपर्ने बेला भएको जिकिर गर्नुभयो ।

उहाँले सर्वसत्तावादी कम्युनिष्ट सरकारका कारण भ्रष्टाचार बढेको आरोप समेत लगाउनुभयो । उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको सभापति देउवाको आरोप छ ।

अर्को प्रसंगमा उहाँले दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकार समेत खोस्दै लगेको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?