एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीद्वारा उम्मेदवारी घोषणा

appharu
0
Shares

आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ ९एनअराएन० को विश्व सम्मेलनमा वर्तमान ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले उम्मेदवारी दिनुभएको छ । एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि उम्मेदवारी दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
नुवाकोटको तारुकामा जन्मिएर लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाउनुभएका उहाँले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?