निर्वाचनमा लज्जास्पद हार भोगेको राप्रपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, १९ पुस । मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा लज्जास्पद परिणाम ल्याएको राप्रपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ बुधबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा तथा पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ बैठकमा अध्यक्ष कमल थापाले निर्वाचनमा पार्टीले हार व्यहोर्नु पर्नाको कारण र पार्टीको आगामी कार्यभार सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरेका छन् । सो प्रतिवेदनमाथि आगामी ३ दिनसम्म चल्ने बैठकमा समीक्षा हुनेछ बैठकमा महामन्त्री जयन्त चन्दले पार्टीको संगठनात्मक र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन समेत पेश गरेका छन् । राप्रपाले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ एक सिटमात्रै जितेको छ यद्यपि तीन प्रतिशत थ्रेसहोल्ड नकटाएको राप्रपाबाट निर्वाचित भएका सांसद राजेन्द्र लिङ्देन प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियतमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?