मुलुकले नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न सकेन: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकबाट राजा फालिए पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न नसकिएको बताउनुभएको छ ।

‘नाइन सेभेन सेभेन भेन्चर्स’ ले शुक्रबारबाट भृकुटी मण्डपमा सुरु गरेको ‘नेपाल एजुकेसनल फेस्टिभल’ को उद्घाटन गर्दै नेता पौडेलले राजा फाले पनि राजतन्त्रात्मक प्रवृत्तिलाई फाल्न नसकेको बताउनुभयो ।

मुलुकले नयाँ संविधान प्राप्त गरे पनि नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न नसकेको भन्दै उहाँले समृद्धिको शब्द वाचन गरेर मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने प्रष्ट पार्नुभयो ।

राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन नसकेका कारण समाज एकातिर र राजनीति अर्कोतिर गइरहेको उहाँको तर्क छ ।

उहाँले कुनै पनि दलको नाम नलिएरै अब राजनीतिमा नयाँ नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो ।

“राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन सकेको छैन् । समाज एकातिर राजनीति अर्कोतिर छ । राजनीतिमा त्यसकारण पनि नयाँ नेतृत्व आवश्यक छ,” पौडेलले भन्नुभयो, “देशलाई चाहिएको कुरा जसले गर्न सक्छ त्यो नेतृत्वमा आउन सक्छ । लामो समय निरन्तरता दिएको, जेलनेल बसेको, पार्टीमा धेरै अगाडिदेखि लागेको मान्छेले मात्रै नेतृत्व लिन सक्न भन्ने कुरा अब विस्तारै गलत हुँदै गइरहेको छ ।”

नेपालको राजनीतिलाई चाहिएको नेतृत्व युवा माझबाट आउनुपर्ने उहाँको आशय थियो । मुलुकले युवा समुदायबाट राजनीतिक नेतृत्व खोजिरहेकाले युवाले राजनीति प्रति चासो राख्नुपर्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?