मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान


प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १५:४३

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गर्नुभएको छ ।

बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उहाँ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ जानुभएको हो ।

बेलायत बसाइका क्रममा उहाँले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा लगानीका लागि नेपालीहरूलाई आग्रह गर्नुहुने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउनुहुने बताइएको छ ।

मुख्यमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुने उहाँका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताउनुभयो ।

मुख्यमन्त्री गुरुङ यही भदौ १४ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
अबदेखि संसद अवरुद्ध हुँदैन : सुवासचन्द्र नेम्वाङ्ग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानको आधारमा उभिएर

प्रतिनिधिसभामा दुई प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सेफगार्ड, एन्टी– डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५

संविधान संशोधन नगरी मनाइने संविधान दिवस गाईजात्रे : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले संविधानले मधेसबासी जनताको

सिंहदरबारबाटै संविधानलाई कमजोर बनाउने काम भएकाे छ : कृष्णप्रसाद सिटौला

  काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर