राष्ट्रिय सभामा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको विशेष समयमा सांसद श्रेष्ठले भन्नुभयो, “सुर्खेत जिल्लाको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गरेको छैन, म यस कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद श्रेष्ठका अनुसार जैसी कोरियन भाषा सिक्न बसेको भ्याली इन्टिच्युट कीर्तिपुरका सञ्चालकका छोरा हराएपछि जैसीलाई दोष लगाइएको थियो । प्रहरीले पक्राउ गरेर २४ घण्टा अुनसन्धान गर्दा आरोप लगाउने कुनै पनि आधार नभएको जनाएको थियो ।

विद्यार्थी जैसी निर्दोष छन् भनेर प्रहरीले छाडेको थियो । अनुसन्धानपछि प्रहरीले जैसीलाई गत साउन २७ गते छाडेको थियो । प्रहरीले छाडेको तीन दिनभित्र जैसीको एकाएक मृत्यु भएको थियो । परिवारले आरोपितको नाम राखेर प्रहरीमा किटानी जाहेरी दिँदा पनि छानविन गरेको छैन ।

सांसद श्रेष्ठले भन्नुभयो, “किटानी जाहेरी परेका व्यक्तिका बारेमा किन छानबिन हुन सकेन रु म त्यो कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?