माधवकुमार नेपालले प्रधानमन्त्रीलाई पठाए यस्तो संदेश !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संदेश पठाउनुभयो ।

उहाँले प्रधानमन्त्रीसंग आफूले सहज सम्बन्ध चाहेको भन्दै कतिपय मुद्दामा असहमति हुँदा पनि व्यक्तिगत सम्बन्धमा दरार ल्याउन नचाहेको सन्देश पठाउनुभएको हो ।

नेता नेपालले नेकपाका नेता डा.वंशीधर मिश्रमार्फत प्रधानमन्त्रीलाई यस्तो संदेश पठाउनुभएको हो ।

उहाँले बिहीबारको बैठकमा भएको भनाभनको अवस्थाले आफूलाई पनि राम्रो नलागेको भन्दै कमी कमजोरी महसुस गरेर सम्बन्ध सहज बनाउन चाहेको बताउनुभयो ।

मिश्रले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालमार्फत नेपालको सो सन्देश प्रधानमन्त्रीसम्म पुर्‍याइदिन आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री स्वास्थ्य उपचारबाट फर्किएपछि दुवै नेताबीच सहज वातावरणमा छलफल गराउने प्रस्ताव मिश्रले राखेको र नेपाल पनि त्यसका लागि तयार रहेको सन्देश ओलीसम्म पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?