एकदिवसीय वरियतामा नेपाल एक स्थान तल


प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १५:१०

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो ।

वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटौँमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ ।

त्यस्तै आइसिसी टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ । टी-ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।

टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ,छैटौँ र सातौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
साफ यू–१८ फुटबल : मनिषको गोलमा नेपालको बराबरी

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले बराबरी

सावित्रा र सोमपालको पोल्टामा जनसेवा श्री पञ्चम श्रेणी पदक

काठमाडौं । हरेक वर्ष संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाइ

यू-१६ च्याम्पियनसिप : नेपाल र ताजिकिस्तान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग

मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक टोलीलाई

काठमाडौं । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको