नाइजेरियामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ जना यात्रुको मृत्यु भएको छ ।

प्रहरीले व्यस्त जेब्बा–इलोरिन राष्ट्रिय राजमार्गमा दुई सवारी साधन एकापसमा जुधेको जनाएको छ । १८ सिटे बसका अरु दुई जना यात्रु गम्भीर घाइते भएका छन् ।

तिब्र गतिका कारण राजमार्गको घुमाउरो मोडमा दुबै सवारी साधन जुधेको प्रहरीको भनाई छ । नाइजेरियामा सवारी दुर्घटनाका घटना बारम्बार हुने गरेका छन् ।

नाइजेरियामा सडकको अवस्था कमजोर रहनुका साथै ट्राफिक नियमको उल्लंघन व्यापक हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?