एनसेल सञ्चालक टेलियासोनेरालाई १५ दिनमा ६५ अर्ब कर तिर्न अल्टिमेटम

काठमाडौं, १९ पुस । ठूला करदाता कार्यालयले एनसेलको सञ्चालक स्विडेनस्थित टेलियोसोनेरा कम्पनीलाई एनसेलको ८० प्रतिशत शेयर हस्तान्तरण गर्दा लाग्ने पुँजीगत लाभकर १५ दिनभित्र तिर्न सार्वजनिक सूचना जारी गरेको छ टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पुँजीगत लाभकरको दायित्वमा ब्याजसमेत जोडेर ६५ अर्ब ४० करोड रुपयाँ तिर्न १५ दिनका लागि सार्वजनिक सूचना जारी गरेको हो शेयर हस्तान्तरण गर्दा लाग्ने पूँजीगत लाभकर समयमा नबुझाउँदा टेलियासोनेरालाई करिब ५ अर्ब रुपैयाँको कर थपिएको छ पटक–पटक ताकेता गर्दा पनि कर दाखिला नगरेपछि कार्यालयले सो कर तिर्नका लागि सार्वजनिक सूचना जारी गरेको हो गत असारमा टेलियाका नाममा ब्याज तथा जरिवानासमेत गरी ६० अर्ब ७१ करोड रुपैयाँ पूँजीगत लाभकर कायम गरिएको थियो त्यसबेला पनि टेलियासोनेराले सो कर नतिरेपछि यसपटक कार्यालयले निर्धारित समयमा कर दाखिला नगरे आयकर ऐन २०५८ बमोजिम अन्य कदम चाल्न बाध्य हुने कार्यालयले स्पष्ट पारेको छ वि.सं. २०७२ चैतमा टेलियाले आफ्नो स्वामित्वको एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजियाटालाई विक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?