सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ ।
धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?