तालिबानको आक्रमणमा तीन प्रहरी मारिए

एजेन्सी । अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले शुक्रबार पुष्टि गर्नु भएको छ ।

यद्यपी तालिबान लडाकू समूहले गरेको आक्रमणपछि प्रहरीले गरेको जवाफी कारबाहीमा पाँच लडाकू पनि मारिएका छन । सो आक्रमणमा परी तीन अफगान स्थानीय प्रहरीको मृत्यु भएको जनाइएको छ ।

तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी दुई प्रहरी र आठ तालिबान लडाकू घाइते भएका पनि प्रवक्ताले बताउनु भएको छ ।

यस युद्धग्रस्त देश अफगानिस्तानमा रहेको ३४ ओटा प्रान्तमा २० भन्दा बढीमा तालिबान लडाकू समूहले गत अप्रिलको शुरुबाट द्वन्द्व जारी राखेका छन् ।

गत अप्रिलमा सोही समयबाट तालिबान लडाकू समूहले सुरक्षा अधिकारी र सरकारविरुद्ध भीषण आक्रमण गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?