प्रिमियर इन्स्योरेन्सको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमडौं, १९ पुस । प्रिमियर इन्स्योरेन्सले निष्कासन गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले यही पुस १६ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता बिक्रीमा ल्याएको हो कम्पनीले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो त्यस्तै, कम्पनीको एफओपीमा पुस १९ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । लगानीकर्ताले न्यूनतम दश कित्ता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?