विप्लव समुहका कास्की इन्चार्ज पक्राउ

काठमाडौं । विप्लव समुहका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले पक्राउ परेका छन्। प्रहरीले शुक्रबार बिहान वाग्लेलाई नियन्त्रणमा लिएको हो ।


प्रहरीले पोखरा महानगरपालिका २७ शिशुवाबाट उनलाई प्रक्राउ गरेको हो । वाग्ले विप्लव समुहका स्याङजा जिल्ला इन्चार्ज समेत रहेको प्रहरीले जनाएको छ ।

उनीसहित थप दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?