कम्युनिष्ट नेता राजा महाराजा जस्तो हुँदै गए: प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँ सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभएको हो ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उहाँले त्यस तर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो । पुर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो “कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि । यिनलाई पनि लखेठ्न पर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा । हामी कहा पनि यसो हेर्दा लक्षण चाही । कुरा बुझ्नु भयो नि । सिस्टम चाही कता कता त्यस्तै देखिने । ”

उहाँलेले दुई पार्टी मिलेर बनेको ठुलो पार्टी भित्र पछिल्लो समय अनुसासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्ठी जनाउनुभयो । विगतमा जनताका समस्या बोध गर्ने , अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासन हिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उहाँले गर्नुभयो ।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु विर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?