आजको मौसम: यी ठाउँमा मेघ गर्जनसहित भारी वर्षा हुने

काठमाडौं । शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा पश्चिमी भुभागमा औसत स्थान भन्दा केहि उत्तर तर्फ रहेकोछ भने बाँकी स्थानहरुमा औसत स्थानको आसपासमा रहेको छ ।

शुक्रबार दिउँसो देशभरी सामान्य बदली रहि केहि स्थानहरुमा मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

देशको पुर्वी, मध्य तथा पश्चिमी भुभागमा सामान्य बदली भई पूर्वी,पश्चिम र मध्यका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहितमध्यम वर्षा हुनेछ ।

राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित मध्यम वर्षाको सम्भावना छ। मध्य तथा पुर्वी भुभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसमपूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जनर चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जनर चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै देशका एक–दुई स्थानमा भारी वर्षको सम्भावना रहेकाले जसले गर्दा चुरेबाट बहने खोलाको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?