नेपाल प्रहरीमा जागिर खुल्यो (हेर्नुहोस् विवरणसहित)

काठमाडौं । देशको सेवा गर्न चाहनेको लागि खुसीको खबर नेपाल प्रहरीमा जागिर खुलेको छ ।

नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो।

ईच्छुक आवेदकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने गरी २५ जना खेलाडी मागेको छ । त्यस्तै प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ। भान्छेको लागि १९० जना र १० जना हजामको माग गरेको छ । त्यस्तै कुचिकार २० जना मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?