राष्ट्रिय फुटबल टिम मलेसिया जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिम आज मलेसिया प्रस्थान गर्दैछन् ।

मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग एक मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली शुक्रबार राति मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टोली शुक्रबार राति १० बजे मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपालले जोहारसँग सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।

छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टिम अन्तर्गतका खेलाडिहरु :

गोलकिपर: विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ

डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर: सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड: विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?