साफ यू-१५: नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा भारतसँग फराकिलो हार व्यहोरेको नेपालले कल्याणी रंगशालामा श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल दिउँसो ३:१५ मा सुरु हुनेछ ।

श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो । तर, नेपाल श्रीलंकाविरुद्ध त्यो हार बिर्साउने प्रयासमा हुनेछ ।

नेपाललाई श्रीलंकाविरुद्ध जित निकै महत्वपूर्ण समेत रहेको छ । उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई शीर्ष दुईमा पर्दै फाइनलमा स्थान बनाउन श्रीलंकाविरुद्ध जित आवश्यक छ ।

तर, श्रीलंकामाथि जित निकाल्न निकै कठिन हुनेछ । श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३-२ गोलले हराएर सुखद सुरुवात गरिसकेको छ । श्रीलंका दोस्रो जितको खोजीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?