सेटबाटै दबंग ३ का तस्बिर लिक, सलमानको कडा निर्देशन

appharu
0
Shares

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान यतिबेला २० डिसेम्बरमा रिलिज हुने दबंग ३ को सुटिङमा व्यस्त छन्। दबंग ३ हिन्दीका साथै कन्नड, तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ।

फिल्म सुटिङ यतिबेला जयपुरमा चलिरहेको छ। सलमानले फिल्मसँग जोडिएका केही तस्बिर र भिडियो सेयर गरिरहेका छन्। तर, फिल्म सेटबाट केही तस्बिरहरु लिक भएका छन्। तस्बिरहरु लिक भएपछि सलमान खानले कडा एक्सन लिने बताएका छन्।

समाचार अनुसार सलमानले प्रोडक्सन, क्रिएटिभ र मार्केटिङ टिमसँग मिटिङ गरी आइन्दा सेटबाट कुनै पनि तस्बिर लिक नगर्न निर्देशन दिएका छन्। यसका साथै उनले फिल्म सेटमा कसैलाई पनि मोबाइल अन गर्ने अनुमती दिएका छैनन्। उनले सुरक्षा बढाउन पनि निर्देश जारी गरेका छन्।

तस्बिर लिक भएपछि सलमानले पुणेमा हुने सुटिङमा सेटको पर्खालको उचाई बढाउन पनि भनेका छन्, किनकि सुटिङका बेला कुनै पनि बाहिरी व्यक्तिले अवरोध गर्न नसकोस्।

दबंग ३ को निर्देशन प्रभुदेवाले गरिरहेका छन्। फिल्ममा साउथ एक्टर सुदीप भिलेनको रुपमा देखिँदैछन् भने सलमान र सोनाक्षीका अलावा महेश मान्जरेकरकी छोरी साईंले अभिनय गर्दैछन्। दबंग फ्रेन्चाइजीका अघिल्ला दुई फिल्म हिट भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?